काठमाडौं । चार दिनसम्म नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ ।
लगातार चौथो दिन सुनको मूल्य स्थिर कायम भएर कारोबारमा आएको सुनचाँदी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ ।