२ महिनामा ११५ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो २ महिनामा ४४ अर्ब ४ करोड रुपैयाँको कुल वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा २० अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको थियो । गत आवको पहिलो २ महिनाको तुलनामा चालु आवको पहिलो २ महिनामा निर्यात ११५.४ प्रतिशतले बढेको हो ।

नेपालबाट भारतमा ३६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । चीनमा १६ करोड रुपैयाँ र अन्य अन्य मूलुकतर्फ ७ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

चालु आवको पहिलो २ महिनामा सबैभन्दा धेरै सोयबिन र पाम तेल निर्यात भएको छ । सोयबिन तेल १६ अर्ब ४८ करोड र पाम तेल ७ अर्ब ५० करोडको निर्यात भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स