‘नेपाल सत्कार दिवस २०२४’ माघ २ गते हुने

काठमाडौं । ‘नेपाल सत्कार दिवस २०२४’ माघ २ गते हुने भएको छ । होटल संघ नेपालले २०८० माघ २ गते मंगलबार काठमाडौंमा आयोजना गर्ने नेपाल सत्कार दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो ।

देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरु बारे प्रस्तुति रहनेछन् ।

५८ वर्षअघि विधिवतरुपमा दर्ता भएको माघ २ गते स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको उक्त सत्कार दिवसमा नेपाल इएरबुक २०२४ र इ लर्निङ प्लेटफर्म मार्फत दक्ष कामदार उत्पादन सम्बन्धी अनलाइन ट्रेनिङ प्याक को पनि सार्वजनिक हुनेछ ।

साथै कार्यक्रममा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने छन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स