जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी

काठमाडौं । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिबार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो ।

त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरुमा रामप्रसाद न्यौपाने,मिनबहादुर तामाङ,सुरेन्द्र राम,हिमलाल पौडेल र कृष्ण पौडेल निर्वाचित भएका छन् । पाँचौं राष्ट्रिय महाधिवेशनले संघको महासचिवमा शैलेन्द्र के।सी,सचिवमा विश्वजित राई,सिताराम अधिकारी र रेगबहादुर कार्की,कोषाध्यक्षमा राजन भट्टराई,सहकोषाध्यक्षमा केशव अछामी निर्वाचित भएका छन्।

महाअघिवेशनबाट ६ जना कार्यसमिति सदस्य समेत निर्वाचित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स