शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २७ गते राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट आ.व. २०७९/८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

आ.व. २०७९/८० सम्मको संचित मुनाफाबाट (सेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना सेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स