काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख १८ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।