घट्यो दुवै सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख २० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स