नवौं नेपाल फर्मा एक्स्पोमा मुख्य आकर्षक के के हुन् ?
काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा फर्मा एक्स्पो गर्दैछ । एक्स्पोमा १५० भन्दा बढी स्टलहरू रहने छन् । भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरू रहने छ । १५० स्टलमध्ये बढीमा नेपालको ३० वटा स्टल रहने । एक्स्पो मुख्य आकर्षण भनेको विश्व बजारमा चलेका प्रविधि, ज्ञान र सीपको हुनेछ । बी टू बी देखि प्रविधिसमेत हस्तान्तरण हुुन्छ ।
‘औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाइ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त एक्स्पोमा ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुन्छ । हाल नेपालमा करिब ८२ वटा औषधी उद्योगले औषधी उत्पादन गरिरहेका छन् ।
यति धेरै उद्योग हुँदा किन थोरे उद्योमीहरूले मात्रै एक्स्पोमा सहभागी जनाउन लागेको त ? समस्या के हो ?
नेपाली प्रडक्टहरूलाई देखाउन मात्रै हामीहरूले फर्मा एक्स्पो गर्न लागेका होइन । हाम्रो मुख्य उद्देश्य भनेको विश्व बजारमा इनोभेशन भएका नयाँ प्रविधिको वारेमा जानकारी गराउने हो । यो एक्स्पोले विदेशमा भएको कला, क्षमता र प्राविधिक ज्ञानलाई नेपालमा भित्र्याउँछ । त्यो बुझ्नाई स्टल त दिनुपर्याे नि । यदि एक्स्पोमा विदेशीलाई स्टल दिन सकिएन भने मैले पनि स्टल छोडनुपर्ने अवस्था आउँछ । आन्तरिक भन्दा बाह्य प्रडक्टलाई प्रथामिकता दिन लागिएको हो । उहाँहरूबाट ज्ञान र सीप हामीले लिन खोजेका हौं ।
सर्यौ वर्ष अगाडीका मेसिन म्यानिफ्याक्चर ल्याबट्री म्यानिफ्याक्चर, अनुसन्धानकर्ताले विकास गरेको आरएनडी ल्याएपछि उहाँहरूको कुरा सुन्ने हो । उहाँहरूबीचको कुरा गर्ने हो हाम्रो त जहिले पनि गर्न मिल्छ । त्यहि भएर विदेशी कम्पनीलाई बढीभन्दा बढी सहभागी गराउन खोजिएको हो । भोलि विदेशी कम्पनीलाई स्टल पुगेन भने मेरो कम्पनीको छाडेर भएपनि उहाँहरूलाई मौका दिन्छौ । मैले जहिले पनि भन्ने गरेको छु उहाँहरूलाई हामी सँग १५० वटा बढी स्टल राख्ने क्षमता नै छैन् ।
यसरी विदेशी कम्पनीलाई अवसर दिँदा हामीलाई के फाइदा हुन्छ ?
सबै भन्दा ठूलो फाइदा नयाँ प्राविधिक ज्ञान सिक्नु र हेर्नु नै हो । त्यो पैसाले किन्न र हेर्न सकिदैन । नयाँ प्रविधिसहितको यो एक्स्पो भनेको गुरुकोमा गएर ज्ञान लिएको जस्तै हो । त्यो औषधी बनाउन एक दमै गाह्रो छ । औषधी खाइसकेपछि विरामी ठिक हुनुपर्छ । जुन प्राविधिक ज्ञान त्यो अनुभव लिएको विज्ञानले मात्रै दिन सक्छ । यस्तो प्राविधिक ज्ञान हामीले उहाँहरूबाट लिने हो । उहाँहरू सर्यौ वर्ष अगाडीदेखि यसै क्षेत्रका काम गरिरहनु भएको अभ्यास छ ।
नेपालमा पाँच सय औषधी उत्पादन हुन्छ भन्नु भयो, त्यसको ७० प्रतिशत औषधी आन्तरिक बजारमै खपत हुने पनि बताउनु भयो भ्याक्सीन उत्पादनमा किन जान नसकेको, समस्या कहाँ छ ?
नेपालमा आर्थिक या अन्य प्राविधिक हिसाबले पनि भ्याक्सिन उत्पादन हुन सकिदैन् । विश्वमा विकसीत देशहरूको समेत आफ्नो जनतालाई आवश्यक पर्ने औषधी उत्पानद गर्ने क्षमता छैन् । इन्डियाले पनि कतिपय औषधी लगायतमा भ्याक्सिन अमेरीकाबाट ल्याएको हुन्छ ।
नेपालको भ्याक्सिन बनाउने क्षमता छैन्, भ्याक्सिन बनाउन धेरै ठूलो लगानी लाग्छ । अहिले भएको लगानीलाई त राष्ट्रले धान्न सकेको छैन् । कहिल्ये बैंकले पेलेको छ, कहिल्ये स्वास्थ्य मन्त्रालयले, औषधी व्यवस्थापन विभागले त जहिले उद्योग कलकारखानालाई पेलेको हुन्छ । नेपालमा उद्योग भन्दा पनि विचौलिया बढी छन् । उद्योगीको पहिचान नै उनीहरूले लुकाइ दिएका छन् । विचौलिय धेरै भएको ठाउँमा करोडौ लगानी लगाएर सञ्चालन गरेको उद्योगलाई त गाह्रो छ भने, भ्याक्सिन उत्पादन गर्न खर्बौ रुपैयाँ लाग्छ ।
नेपालले उत्पादन गर्न सक्ने औषधी पनि उत्पादन हुन सकिरहेको छैन । प्राविधिक ज्ञान तथा क्षमता भ्याउने औषधी बनाउन सकिरहेको छैनौ कि ?
हो, हाम्रो क्षमता र प्रविधिले भ्याउने क्यान्सरको औषधी बनाउन हामी सहजै सक्छौं । जस्तो काडीभास्कुलर प्रडक्टहरू बनाउन सक्दैनौ भन्थ्यौ हामीले बनायौ । त्यो बनाउन सफल भयौं डाईवेटिजका प्रोडक्स, न्यूरोट्रपिक प्रडक्ट पनि नेपालमा उत्पादन भएको छ । त्यस्तै क्यान्सरको औषधी पनि बनाउन सकिन्छ । साथीहरूले क्यान्सरकै औषधी बनाउन सुरु गरिसक्नु भएको छ । विस्तारै अन्य बिमारीको रोग अनुसारको धेरै औषधी बनाउन सकिन्छ होला ।
नेपालले विभिन्न रोग अनुसारको औषधी बनाउन नसक्ने होइन । औषधी बनाउन धेरै लगानी लाग्छ । भ्याक्सिन बनाउन धेरै खर्च आवश्यक पर्छ । त्यस कारण भ्याक्सिन उत्पादन गर्न हामी लागेका छैनौ ।
हामीले भन्दा सस्तो मूल्यमा इन्डियाले औषधि तथा भ्याक्सिन बनाइदिन्छ । कतिपय औषधी चाइना र इन्डियामा भन्दा कम मूल्यमा नेपालमै उत्पादन गर्न सकिन्छ । तर भ्याक्सिन चाहिँ नेपालमा बनाउन सकिदैन् आर्थिक हिसाबले पनि लगानी धेरै लाग्ने भएकोले यो सम्भव छैन् ।
नेपालका औषधी उत्पादकले म्याद सकिन लागेको कच्चा पदार्थ ल्याएर औषधी उत्पादन गर्छन, त्यसैले त्यो औषधीले काम गर्दैन र भारतीय औषधी खान बाध्य हुन्छन् भन्ने आम उपभोक्ताको गुसानो छ नि ?
सबैको गुनोसालाई आदर गर्छौ, तर जुन आरोप आएको छ त्यसरी औषधी बन्दैन् । हामीले औषधी उत्पादन गर्न मगाउने गरेको कच्चा पदार्थ त्यस प्रकारको हुँदैन । त्यो सम्भव पनि छैन । कम गुणस्तर वा कम अवधि भएको कच्चा पदार्थबाट उद्योगीले औषधी बनाउँदैनन् । हामीले उत्पादन गरेको औषधी सरकारले परीक्षण गर्छ । वर्षौसम्म ल्याबका टेष्ट र एक्पेरिमेन्ट गरेर औषधी बनेको हुन्छ । जहाँसम्म तपाईको औषधीले काम नगरेको सवाल छ, त्यो भने आरएनडी नमिलेर समस्या देखिएको हुन सक्छ ।
त्यसो भए आरएनडी नमिलेर बजारबाट औषधी फिर्ता गर्नुभएको छ ?
आरएनडी नमिलेर बजारबाट धेरै औषधी फिर्ता भएका र्छौ । नेपाल स्वास्थ्य तथा जनसंख्य मन्त्रालयसँग यसको सबै तथ्यांक छ । हाम्रो कम्पनीमा आउनुस् बजारबाट समय सकिएको औषधी फिर्ता ल्याएको हामीले देखाउन सक्र्छौ । तीन वर्ष भनेर हामीले उत्पादन गरेका एक सय औषधीमा ५/७ वटा औषधीको गुणस्तर २६ महिनामै घट्यो । औषधीको उपयोगिता घटेपछि हामीले सो औषधी २ वर्षभन्दा बढी राख्न मिल्र्दैन भनेर सरकार जानकारी गरायौं ।
सरकारले पनि कुन औषधीमा कति समय प्रयोग गर्न मिल्छ मिल्दैन भनेर अनुसन्धान गर्छ । कुनै औषधीमा समय सकिन लागेको शंका लागेमा फिर्ता गर्न लगाउँछ । यदि यस्तो समस्या आएको हो भने नेपाल सरकारले त्यस्तो औषधी उत्पादनलाई रोक्नुपर्छ । उहाँहरू कस्ले रोकेको छ र ? हामी क्षतिपूर्ती दिन पनि तयार र्छौ । जस्ले कानुन विपरित काम गर्छ ऊ कानुनको दायरामा आउँछ ।
औषधी उद्योगमा जम्मा लगानी कति छ ?
अहिले औषधि उद्योगमा करिब ८० अर्ब लगानी छ । एउटा उद्योगमा कम्तीमा पनि ८० करोड रुपैयाँ लगानी लागेको हुन्छ । औषधी उद्योगमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यको त कुरा नगरौं । औषधी बनाउने कच्चा पदार्थ सबै बाहिराबाट ल्याउर्छौ । हाम्रो देशमा एउटा पनि छैन ।
प्रविधि र कच्चा पदार्थमा हामी पुरै अन्य देशसँग परनिर्भर छौं । इन्डियाले उत्पादन गर्ने औषधीको ८० प्रतिशत सामग्री चाइनाबाट मगाउँछ । अमेरिकले पनि आफ्नो जनतालाई आवश्यक पर्ने औषधी ५० देखि ६० प्रतिशत अन्य देशबाट आयात गर्छ । कुनै पनि देशसँग १०० प्रतिशत औषधी उत्पादन गर्ने प्राविधिक ज्ञान र क्षमता हुदैन् ।
निर्यातको सम्भावना कस्तो छ ?
हामीले कोशिस गरिरहेका छौं । त्यो पुरा हुन सकेको छैन् । मेरो उद्देश्य पनि यहि हो । तर, अहिले हामी ठूला देशसँग भन्दा हाम्रोजस्तै अर्थतन्त्र र जनसंख्या भएको देशहरूमा औषधी निर्यात गर्न खोजिरहेका छौं ।