काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूर्पैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख १९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।