काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय ७० रूपैयाँ कायम भएको छ ।