काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।