काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ६० रूपैयाँ कायम भएको छ ।