एनसेलको सेयर खरिद बिक्रीको लगत नआएसम्म कम्पनी रजिष्ट्रारको कार्यालयले मान्दैनः रजिष्ट्रार पहाडी

काठमाडौं । एनसेल खरिद बिक्री भएको लगत कम्पनी रजिष्ट्रारको कार्यालयमा नआएसम्म मान्य नहुने बताइएको छ । आज सार्वजनिक लेखा समितिसँगको छलफलमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दिपक कुमार पहाडीले एनसेल खरिद बिक्रीको लगत नआएसम्म कार्यालयले खरिद बिक्री भएको नमान्ने बताएका हुन् ।

‘हामी कहाँ सेयर खरिदको लगत आएको छैन’, उनले भने ‘हामीले मान्ने कानुनी आधार भनेको त्यहि हो । विदेशी लगानीका कम्पनी नेपालमा दर्ता गर्दा हामीले हेर्ने भनेको सम्बन्धित कम्पनीको नियामक निकाय र उद्योग विभागबाट सहमति पाएको छ कि छैन भनेर हो ।’ एनसेलको हकम नेपाल दूर सञ्चार प्राधिकरणबाट दर्ताको लागि सहमति लिएको छ कि छैन भन्ने हो ।’

आजियाटाले ६ अर्ब ६६ करोड रुपैयाँमा ८० प्रतिशत सेयर स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको हो । यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तानी गर्ने सहमती भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स