काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख २० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १५ सय ४५ रूपैयाँ कायम भएको छ ।