लक्ष्मी श्रेष्ठ
काठमाडौं । नेपाली सेनामा पेन्सन भएपछि ट्राभल्स एजेन्सी र क्याफे समेत चलाएका दोलखा शैलुङका हरि कार्की अहिले आफ्नै पाखो पखेरोमा किवी रोपेर भविष्य निर्माण गर्दैछन् । पहाडको ठाउँ जागिरे जीवन त्यतिकै अलपत्र थियो त्यो गाउँको जग्गा जमिन । ट्राभल्स र रेष्टुराँमा रमाउन नदेखेपछि उनी आफ्नै थाक थलो शैलुङ फर्किर र किबी खेती गर्न थाले ।
अहिले उनले लगाएको किवी बजारमा महँगो मूल्यमा बिक्री हुन थालेको छ । गत वर्ष करिब २ हजार केजी फलेको किवी अहिले करिब ५ हजार किलो भेट्ने उनको अनुमान छ । योसँगै उनले किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । भिटामिन ई, सी र पोटासियम प्रशस्तै पाइने फल किवी नेपालीका लागि लोकप्रिय फल बन्दै गएको छ ।
अन्य भन्दा फरक ढंगबाट किवीको बजार खोजेका कार्कीले आफ्नै बारीमा फलेको र्अगानीक ‘ए’ ग्रेटको किवीे बूढालिनकण्ठको घरघरमा पुर्याए र सँगै आफ्नो भिजिटिङ कार्ड पनि किवीसँग छाडिदिए । किवी चाखेपछि उपभोक्ताबाट फोन आउन थाल्यो । त्यतिमात्रै होइन उनले कलेज पढ्ने केटाकेटीलाई पकेट खर्च जुटोस् भनेर मन्दिर मन्दिरमा किलोमा ५० रुपैयाँ कमिशन दिएर पनि आफ्नो व्यापारलाई प्रवद्र्धन गरे ।
दैनिक ३ हजारदेखि ३५ सयसम्म कमिशन पाएपछि कलेज पढ्ने विद्यार्थीले केहि खर्च जुटाउन सके भने अर्कोतर्फ मेरो सामानपनि सिधै उपभोक्ताको हातमा पुग्यो’, कार्कीले भने ।
दोलखाको शैलुङ गाउँपालिका वडा.न ३ स्थित बिरौटेमा कार्कीले करिव ६० रोपनी जग्गामा ६ सय किवीको बिरुवा लगाएका थिए । २०७५ साल फागुनदेखि सुरु भएको किवी खेती अहिले बजारमा बिक्री गर्न योग्य बनेको छ । कार्की भन्छन् ‘म नेपाली सेनाको जम्दारमा रिटायर भएको हुँ, १७ वर्ष १६ दिन देशको लागि सुरक्षा दिएर रिटायर भएको हुँ । मेरो पढाइ राम्रो भएकाले म लडाइमा जान परेन सजिलसँग काठमाडौंमा नै १७ वर्ष जागीरमा विताए ।
२ वर्ष गौशालामा ट्राभल्स एजेन्सी चलाए, ट्राभल्स संञ्चालन गर्दा अलि किचलो पर्योे र बेचिदिए, त्यसपछि उनी रोजगारीको शिलशिलामा दुबई, ओमन, साउथ अफ्रिका गए, रोजगारीको लागि अन्तरर्वाता दिएको थिए । दुबईमा ७० हजार खाए र लगाएर दिएको थियो ।
देशको सेवा गर्ने रहर बोकेको उनको मन त्यहाँ रमाउन सकिन । आफ्नै देशमा केही गर्छु भनि नेपाल आएर कपनमा क्याफे सञ्चालन गरे, क्याफे, होटल व्यवसायी भनेको इज्जतमा बस्न नसकिने रहेछ, खाएको पैसा माग्द आफैमाथि आइलाग्न आउने त्यसबाट नि राम्रो आय सोत गर्न सकिन । त्यही समयमा मेरो बुबाको निधन भयो र दुई महिना क्याफे बन्दा हुँदा धेरै असर पर्यो । दैनिक आउने ग्राहकहरू ७५ प्रतिशत आउन छाडे । व्यापार नभएपछि क्याफे बेच्न पर्यो ।
त्यसपछि गाउँमा गएर बाउ, बाज्येको पालादेखिको बाजो जगामा केही हुन्छ कि भन्ने सोच जाग्यो । त्यही बेलामा गाउँघरमा किवी खेती गर्ने ट्रेन चलेको रहेछ । म पनि किवी व्यवसायी गर्न थाले ।
एक गैर सरकारी संस्थाले किवीको बिरुवा उपलब्ध गराइदियो । ५० प्रतिशत संस्थाको र ५० प्रतिशत व्यक्तिगत लगानीमा ४ सय किवीको बिरुवा लगाए । कार्की भन्छन् संस्थाले मिसावट भएको बिरुवा दिएछ । कलमी गरेको बिरुवा रोप्नु पर्ने रहेछ । सुरुमा केही थाहा थिएन बिरुवा आयो भनेर खुःसी हुँदै रोर्पौ, पछि हेर्दा ग्राफटिङ छैन् । त्यसपछि कृषि सम्बन्धी किताब खोजेर अध्ययन गरे अनि थाहा पाए किवी लगाउने तरिका । संस्थाले राम्रो बिरुवा नदिएपछि १ वर्ष पर्खिनु पर्यो । अहिले मसँग ६ सय बढी बिरुवा छन् । यसपालीबाट ५ सय बोटमा किवी फलेको छ ।
किवीको मुल्य बजारमा कस्तो छ ?
अघिल्लो वर्ष उद्यमी कार्कीले दुई हजार केजी किवी बेचेको थिए । काठमार्डौको बुढानिलकण्ठ बस्तीको प्रत्येक घरमा किवीको दुई वटा दाना र मेरो भिजिट कार्ड छाडिदिएको थिए । त्यसैले मलाई सजिलो भयो । यसपाली ४ हजार देखि ४ हजार ५ सय केजी बेच्ने अपेक्षा राखेको छु । अहिले पनि २०० केजी खुद्रा मूल्यमा ग्राहकको घर घरमा पुराए, कन्ट्याक गरेर, उपत्यका बहिरका जिल्लामा पनि कुरिएर गरेर बिक्री गर्ने गरेको उनले बताए ।
बाँकी किबी बिक्रीको लागि स्वयम्भू चिस्यान केन्द्र (कोल्ड स्टोर) मा राख्नको लागि व्यवस्था गरेका छन् । त्यहाँ प्रतिकेजी ६ रुपैयाँ तिरेर राखेको हुँ । सरकारको लापरबाहिका कारण नेपालमा किवीको बजार नै छैन् । व्यपार व्यवसाय गर्न धेरै संर्घष गर्नुपर्छ । किसानले उत्पादन गरेको विभिन्न तरकारीले बजार पाएको छैन् । अन्य मुलुकमा उत्पादन भएको किवीको तुलामा नेपालमा कुनैपनि कृषकले गर्न सकेको छैन् ।
युरोप, चाइना, भारत लगायतका देशमा विभिन्न प्राविधिक अध्ययन गरेर लगानी गर्ने परम्परा छ । नेपालमा त्यो छैन् । बाजो भएको जमिनमा दुःख गरेर उत्पादन गर्छन् तर सरकारले एउटा बजारको पनि व्यवस्थापन गरिदिदैन् । गाउँपालिकामा बनेका चिस्यान केन्द्रको पनि संञ्चालन हुन सकेको छैन् ।
उनी भन्छन् –सरकारले तरकारी जन्य खाद्यान्न लगायतका वस्तु स्टोर गरेर राख्न कोड स्टोर बनाएका छैन । व्यक्तिगत लगानीमा बनाएको कोल्ड स्टोर त रहेछ तर त्यहाँ पनि स्टोर गरेर राख्न सकिने अवस्था छैन् ।’ कोलस्टोर संञ्चालकहरूले किसानबाट आफै सस्तो मूल्यमा किनेर महँगोमा बेच्ने गर्छन् । बिचौलियाले गर्दा किसानहरू मर्नु न बाच्नु भएका छन् । किसानले घाम पानी नभनि लगाएको बालीले समयमा बजार नपाउँदा लगानी समेत उठाउन सकिदैन् ।
कालिमाटीको फलफूल तथा तरकारी बजारले प्रतिकेजी एक सय रुपैयाँमा माग्छ, पैसा दिदैन । प्रतिकेजी बिक्री गरे बापत २० प्रतिशत उनीहरुले लिन्छन, बाँकी व्यापार नभएर बिग्रन थालेपछि तपाईको किवी व्यापार भएन आएर लानुस् भन्छ ।
बिचौलियले राम्रो राम्रो पहिला बेच्ने र एक सय रुपैयाँको किवी तीन सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । बाँकी नराम्रो कस्ले लाने ? त्यो हामीलाई नै फिर्ता गर्छन् । त्यसकारण मैले कालीमाटी तरकारी बजारमा दिन्न, अनलाईन मार्फत झापा, विराटनगर, नेपालगञ्जमा गत वर्ष दुई हजार केजी बेचेको उनले बताए ।
नेपालमा चिस्यान केन्द्र
अहिले कोल्ड स्टोरमा पनि राख्न सकिने अवस्था छैन् किन भने उनीहरूले सस्तो मूल्यमा किनेर पछि महँगोमा बेच्ने भएर कोड स्टोरले पनि राख्न मान्दैनन् । किवी बेचेर नै सम्भावना भएसम्म अर्को वर्ष म आफ्नैले घरमा एउटा कोठालाई कोल्ड स्टोर बनाउने योजना बनाएको छु । प्रदेश सरकारको कोल्ड स्टोरमा राखेको तरकारी पछि काठमाडौं ल्याउन दिदैन रहेछ ।
प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा करिब ६ करोड लागतमा बनेको ५०० मेट्रिक टन क्षमता भएको कोल्ड स्ट्रोर (चिस्यान केन्द्र) अझै सञ्चालन हुन सकेको छैन् । कोल्ड स्टोर सञ्चालन गरिदिए किसानले वर्षभरी पसिना बगाएर उत्पादन गरेको आलु, किवी, हरियो तरकारी साग, मूला, गाँजर, काउली, बन्दाकोपी लगायत अन्य फलफूललाई स्टोर गरेर राख्न सकिन्थ्यो ।
किवी खेती व्यवसाय गर्न अनुदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट किवी जोनबाट उनले करिब ६ लाख रुपैयाँ अनुनाद पाएका थिए । बाँकी आफ्नै लगानीमा सुरुवा गरेको हुँ, तीन वर्ष त धेरै दुःख गरे, किवीलाई कसरी फैलाउने, १०, १२ बोट रोपेर छाडने कुरो भएन, व्यवसायी खेती गर्दा अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन खोजेको हुँ । आफूसँग प्रविधिक ज्ञान थिएन्, त्यसकारण तीन वर्षमा फल्ने किवी ४ वर्ष लाग्यो । अब भएको आय स्रोत सबै मेरो घरका सबै परिवारको पेन्सनको रुपमा लिन्छु ।
किवी खेती गर्न कतिको सहज छ ?
किवी खेती गर्न राम्रो ठाउँ चाहिन्छ, किवीको मिठो स्वाद लिनु छ भनि दिनभरी घाम लाग्ने ठाउँमा लगाउँदा किवीको स्वाद नै फरक हुने कार्की बताउँछन् । किवीलाई कुनै पनि विषादी मलको प्रयोग गरेको छैन्, गाई वस्तुको गोठेमलबाटै मिठो स्वादिष्ट किवी फलाउन सकिने रहेछ । उनी भन्छन् ‘किवी खेती हेर्दा सजिलो जस्तो देखिन्छ, तर, होइन रहेछ किवी खेती गर्नु भनेको एउटा नाबालक दुधेबालकलाई हुकाएको जस्तै हो ।
एउटा बच्चालाई हुर्काएको जसरी किवीलाई परिपक्क बनाउन फल दिने अवस्थामा बनाउनलाई प्रत्येक दिन स्याहार सुसार गर्नुपर्छ । किवी लगाएको ठाउँमा गोडमेल हाँगालाई माथि लगेर सिधा बनाउन बिग्रिएको फालेर फल फल्ने बनाउन दिनमा एकपटक स्याहारसुसार गर्नुपर्ने खेती रहेछ ।
हेर्दा लगानी देखिदैन् किवीमा, मान्छेले सोध्छन् किवीको बिरुवालाई कति पर्छ भनेर । अहिले एक सय रुपैयाँमा पनि पाइन्छ । मैले सुरुमा लगाउँदा एउटा बिरुवालाई ३५० रुपैयाँमा किनेको थिए । सस्तो पनि छ, तर सस्तोमा किनेको बिरुवालाई फल दिने बनाउन तीन वर्ष लाग्न सक्छ । एउटा किवीको बिरुवालाई लगानी २० हजार लागेको हुन्छ । सबै भन्दा थाक्रा महँगो छ । एउटा जीआईपाइपको थाक्रालाई अहिले करिब ८ हजार माथि पर्छ । किवी एक बोट एक थाक्रा भन्छन् ।
जस्तै ६ सय बोटलाई ६ सय थाक्राले पुग्दैन, ६५० जति चाहिन्छ । किवी खेती गर्न लगानी ठूलो लाग्छ । यो ठाउँमा फेरि प्रत्येक वर्ष असिना पर्छ । कहिल्य किवीको पालुवा नआउँदै पर्छ कुनैबेला पालुवा आएर फूल फुल्ने समयमा असिना पर्दा किवी खेती व्यवसायीबाट लिने आय स्रोत घाटामा जान्छ । असिनाले असर गर्छ भनेर तीन महिनाको लागि जालिले बिरुवा ढाक्ने बनाउने योजना छ । लगभग ६० रोपन िजग्गामा छानो लगाउँदा पनि लार्खौ लगानी लाग्छ । त्यो अर्को वर्षमा गर्ने योजना छ । सानो किवीको बोट मृगले खाइदिन्छ मृगबाट बचाउन गोबरलाई पानीमा मिसाएर किवीको बोटमा लगाएपछि गोबरको गन्धले खादैन रहेछ ।
उनी भन्छन् सधै भाइ र म भएर काम गछौं । सिजन अनुसार किवीलाई गोडमेल गर्न, हाँगाहरू कटिङ गर्न थिलिङ, पोलिनेसन गर्ने समयमा ८/१० जना खेतलालाई दिनको १ हजार रुपैयाँ दिएर लगाउनु पर्छ । किवी एकैपटकमा गोडमेल गर्ने समय हुन्छ । १/२ जनाले त गर्न सकिदैन्, पानी पनि लगाउनुपर्छ त्यसकारणले समयअनुसार ८/१० जनालाई रोजगारी पनि दिएको छु । कार्की भन्छन् ‘अब मेरो बाँकी जीवन किवी खेती व्यवसायीमा नै बिताउँछु । दोलखा जिल्लाको १ नम्बरमा किवी खेती व्यवसायी भनेर चिनिने इच्छा छ । मेरो छोरा अहिले १२ मा पढदैछ भाइको दुईटी छोरी छन् २/३ कक्षामा पढदै छन्, मेरो घरमा सबै परिवारसँगै बसेका छौ । त्यसैले खेती गर्न सजिलो भएको छ ।
उनले किवी खेतीसँगै थोरै मात्रमा आलु, मकै, हाडे बदाम, लोकल स्याउ, ओखर, पनि लगाएको बताए । उनी भन्छन् परीक्षणको लागि जुम्लाबाट एक बोट दाते ओखरको एक हजार रुपैयाँ तिरेर ३० बोट लगाएको पाँच वर्ष भयो । फल लाग्छ तर रहँदै । यसपालि एक बोटमा दुई वोट दाना बसेको थियो । यसपालिबाट हाडे बदाम पनि लगाउँछु ।
कार्की भन्छन् ‘साउथ अफ्रिका, दुबई, ओमन गएको थिए, त्यो बेला दुबईमा दुई महिना बस्दा त्यहाँ किवीलाई बढी फोकस गर्दा रहेछन् । मैले पनि खाए, स्वादिलो लाग्यो । आज भन्दा २० वर्ष अगाडि पनि काठमाडौंको एक जुस पसलमा एक पिसलाई ८० रुपैयाँ तिरेर खाए, तर त्यो खाई सादे भएन काँचै एकदमै अमिलो थियो । अब म जिन्दगी भरी किवी खादिना भनेको थिए, तर अहिले आफ्नै बारीमा लगाएको छु ।
१७ वर्ष नेपाली सेनामा सेवा गरेर महिनामा २० हजार पेन्सन थाप्छु । अब १०/१२ वर्षमा किवी खेतीमा लगाएको लगानी उठछ । त्यसपछि किवी व्यवसायीबाट भएको आय स्रोत सबै मेरो परिवारको पेन्सनको रुपमा लिने छु ।