सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १५ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स