राष्ट्र बैंकको परिपत्रः नेपाल चेम्बर अफ कमर्शको स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत मंगलबार जारी गरेको परिपत्रलाई नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ । वित्तीय बजारमा प्रर्याप्त तरलता नभएपछि बैंकहरूले कार्तिक महिनाको लागि निक्षेपको ब्याजदर करिब ३० प्रतिशतसम्म बढाएका थिए ।

त्यसको विरोधमा खरो उत्रिएको राष्ट्र बैंकले २४ घण्टे अल्टिमेटम दिँदै बढाएको ब्याजदर १० प्रतिशतभन्दा बढीले नबढाउन निर्देशन दिएको थियो । व्यापारीहरूको छाता संस्था नेपाल चेम्बर अफ कमर्शले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर उक्त निर्देशनको स्वागत गरेको हो ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको विज्ञप्ति अनुसार निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको विषयमा नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।

वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको निर्देशन स्वागत योग्य रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी ९० प्रतिशत सीडी रेसियो कायम गरिँदा तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै व्यवस्था अनुरुप ८५ प्रतिशत कायम हुनु पर्ने छ भन्ने चेम्बरको धारणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स