सुनको मूल्यले नयाँ उचाइ कायम गर्दै, तोलामा कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । केहि दिनदेखि बढ्दै गरेको सुनको मूल्यले आज नयाँ उचाइ कायम गरेको हो ।

मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १७ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स