काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १५ सय रूपैयाँ कायम भएको छ ।