सुनचाँदीको मूल्यमा वृद्वि, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख १६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स