काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख १६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।