आयात निर्यात दुबै घट्यो, कुल वैदेशिक व्यापार ५ खर्ब १२ अर्बमात्रै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात र निर्यात दुबै घटेको छ । अर्थतन्त्रमा संकुचन आउँदा बजारमा आयात निर्यात घटेको हो । समग्र क्षेत्रको माग घट्दा आयात समेत घट्दो क्रममा देखिएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षमा आयात ३.७९ प्रतिशतको भने निर्यात ७.६८ प्रतिशतले घटेको छ । सामान्य अवस्थामा क्रमश बढ्ने गरेको आयात अहिले भने घटेको हो ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको पहिलो चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँको आयात भएको थियो ।

चालु आवको पहिलो चार महिनामा ५० अर्ब ५६ करोड रुपैयाँको नेपालबाट वस्तु निर्यात भएको छ । चालु आवको यो अवधिमा भएको निर्यात ७.६८ प्रतिशतले कम हो । गत आवको यो अवधिमा ५४ अर्ब ७७ करोड रपैयाँको वस्तु निर्यात भएको थियो ।

यो अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब रुपैयाँ भएको छ । यस वर्ष भएको व्यापार गत आवको सो अवधिको तुलनामा ४.१५ प्रतिशतले बढी हो । गत आवको यो अवधिमा कुल वैदेशिक लगानी ५ खर्ब ८७ अर्ब ४६ करोड रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स