३ महिनामा १ खर्ब २२ अर्बका ८७ उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा स्वदेशी तथा विदेशीगरी ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको ८७ वटा उद्योग दर्ता भएका हुन् । जसमा २४ अर्ब रुपैयाँ विदेशी लगानी रहेको छ ।

जसमा ठूला उद्योग २६ वटा, मझौला उद्योग ३४ वटा र साना उद्योग २७ वटा रहेका छन् ।

उक्त दर्ता भएका उद्योगहरुले ८ हजार १३४ जनालाई रोजगारी दिने प्रस्ताव गरेको छ ।

चालु आवको पहिलो ३ महिनामा एउटा पनि प्याटेन्ट दर्ता भएको छैन । ९१० वटा ट्रेडमार्क दर्ता हुादा ५ वटा डिजाइन दर्ता भएको छ ।

दर्ता भएका उद्योग मध्ये १४ वटाले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) सम्पन्न गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स