बुटवल पावर कम्पनी नाफा घट्यो, ईपीएस कति ?

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी थोरै मात्र घटेपनि वित्तीय आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.८३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा २१ करोड ४४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.९७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ०.२५ प्रतिशत बढेको छ । बैंकमा मुद्दति निक्षेप घटेपछि कम्पनीको वित्तीय आम्दानी ५०.१२ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ ८२ पैसामा सीमित भएको छ । असोज मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ३३.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स