भेटायो एपले तिहारमा ल्यायो ‘तिहारको तयारी,अब भेटायोको जिम्मेवारी’ योजना, ४५०० रूपैयाँमा घर झिलिमिली

काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ ।

यस अन्तर्गत भेटायोले एउटा घर ४५०० रूपैयाँ मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत विशेष छुटकोे व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ ।

तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेज

एयर कन्डिसनर खरिद गर्दा ३००० हजार रूपैयाँ सम्मको विशेष छुट पाउन सकिन्छ । थप ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १०% छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५% को क्यासब्याक पाउने छन् ।

भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ । दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स