आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटायो

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । साविकको खुद्रा मूल्यमा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत राखिएको निगमले जनाएको छ। डिजेलको मूल्य भने प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा घटेर आएको थियो।

मूल्य समायोजनपछि अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत नै रहेको छ।

आईओसीले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा भाउ बढाएर पठाएको छ । यस्तै ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा मूल्य बढेर आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार पेट्रोल र ग्यासको मूल्य समायोजन हाललाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स