जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्वारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ ।

उक्त लक्की ड्र कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव आयोजना गरिएको स्थान जावलाखेल फुटबल मैदानमा एक कार्यक्रम बिच घोषणा गरिएको हो । यस लक्की ड्र का विजेता कुपन नं. २३९९८ को मिरा तिवारी ज्यु ले बम्पर उपहार स्वरुप २२ हजार बराबरको खसी प्राप्त गरे ।

साथै कुपन नं. १४३४४ का हरी प्रसाद अवस्थी, कुपन नं. १४३८३ की सीता अधिकारी, कुपन नं. ९०७३ की उर्मिला साह, कुपन नं. ६९९२ की सुस्मिता थापामगर, कुपन नं. २१५६९ की संगिता गौतम, कुपन नं. ६९५४ का विनय महर्जन, कुपन नं. ४३६० की सविता खत्रीले एक हजारको कुपन जितेका छन् ।

कुपन नं. २८२५ का सुजन कुमार पण्डित, कुपन नं. ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नं. १२९७५ का शिव कुमार पुन गरी ११ जना भाग्यशाली विजेताले १ हजार बराबरको सपिङ भौचर प्राप्त गरेका छन् । बम्पर उपहारको दोस्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकको भनाइ रहेको छ ।

दोस्रो विजेताले पनि बम्पर उपहार स्वरुप २२ हजार बराबर खसी प्राप्त गर्नेछन । विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ । महोत्सव यहि असोज १० गतेदेखि भव्य रुपमा चलिरहेको छ भने नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५० प्रतिशतसम्मको आकर्षक छुटमा खरिद गर्न सकिने छ ।

महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको– क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज आकर्षक छुटका साथ शुपथ मूल्यमा उपलब्ध छन् ।

नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ । यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मूल्यमा उपलब्ध छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स