एभरेष्ट ग्यास उद्योगः बुलेट सफा गर्दा एक जनाको ज्यान गयो

चाल्नाखेल । चाल्नाखेल । एभरेष्ट ग्यास उद्योगको ग्यास स्टोर गर्ने बुलेट सफा गर्ने क्रममा एक जनाको ज्यान गएको छ । आज शुक्रबार करिब १२.४५ बजे बुलेट सफा गर्ने क्रममा अक्सिजन कम हुँदा गोपालगञ्ज विहार निवासी २६ वर्षीय सुरेश यादवको ज्यान गएको हो ।

बुलेट सफा गर्नको लागि सोही स्थान निवासी ४२ वर्षीय रविन्द्र कुसवाको भने होस आएको छ । बुलेट सफा गर्ने क्रममा अक्सिजनको कमि हुँदा निसासिएर यादवको ज्यान गएको हुन सक्ने कीर्तिपुर प्रहरी बिटका प्रहरी नायव निरिक्षक लक्ष्मण नापितले जानकारी दिए ।

‘दुबै जनालाई बल्खुस्थित बयोधा हस्पिटलमा ल्याइएको थियो,’ उनले भने ‘यादवलाई हस्पिटलले मृत घोषणा गरेको हो ।’ कुसवाको भने स्वास्थ्य अवस्थामा सुधार आएको नापितले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स