काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ९५ रूपैया कायम भएको छ ।