फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रूपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

अब ग्राहकहरुले ५०० रूपैयाँ भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० रूपैयाँको न्युनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिर्वन गरेको हो । अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् ।

साथै, फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० रूपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रूपैयाँ र सोभन्दा माथिको दुरीका लागि थप २५ रूपैयाँप्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, १००० रूपैयाँ भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा ७५ रूपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतीबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागी हटाएका छौं । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुनेगरि केहि हेरफेर गरेका छौं । आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताहरुको सुझाव र प्रतिकृयालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ । हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्ताहरुलाई अझै राम्रो सेवा प्रदान गर्नेछ ।’

सन् २०१० देखि संचालनमा आएको फूडमान्डु नेपालको पहिलो पूmड डेलिभरी कम्पनी हो । फूडमान्डुले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरुलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आप्mनो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स