काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।