घाइते प्लम्बरलाई मंगलम इन्डष्ट्रिजको ५० हजार उपचार खर्च सहयोग

काठमाडौं । सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च प्रदान गरेको छ ।

विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी भाद्र ११ गते काम गरि रहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए । लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि असोज ६ गते सो रकम उपलब्ध गरिएको हो ।

मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले यस घटना बारे भने, ‘हाम्रा कर्मचारीहरू हाम्रा लागि गर्वको पात्र तथा कम्पनीको शक्ति हुन् ।मंगलम पाइप्सभनेको आफ्ना कर्मचारी र प्ल्मबरहरुलाई आफूले सकेको सेवाप्रदान गरी उनीहरुलाई दुःख परेको बेलामा सधै सहयोगको हात अघि बढाउने कम्पनी हो ।’

उनले थपे, ‘विभिन्नकठिन अवस्थामा पनि आफ्नो सेवा प्रदानगर्दै आइरहेका हाम्रो कर्मचारीहरुको प्रयासलाई हामी व्यर्थ जान दिँदैनौं किनकि उनीहरुलाई दुःख परेको बेला साथ दिएमात्रै सम्पूर्ण कम्पनीको भलो हुन्छ । चौधरी जस्ता आफ्नो कामदारहरुलाई सेवा प्रदान गर्न पाउँदा हामीलाई निकै गर्व महसुस हुन्छ र आगामी दिनमा पनि हामी हाम्रा कर्मचारीहरुलाई यसरी नै आफुले सकेको सहयोग गर्नेछौ ।’

साथै उनले मंगलम इन्डष्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व निर्वाह र वातावरण संरक्षणमा पनि सदैव क्रियाशिल रहने बताए ।

मंगलम इन्डष्ट्रिज नेपालको पहिलो सीपीभीसी पाइप फिटिङ्स उत्पादक तथा पोलिमर पाइपिङको अग्रणी उत्पादक तथा निर्यातकर्ता कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स