काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।