कोका-कोलाले फ्रन्टलाइन हिरोजहरुलाई ‘धन्यवाद’ ज्ञापन गर्न अन-ग्राउन एक्टिभेसन

काठमाडौं । सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका-कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको छ । ‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दशैंँ अभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ ।

यसको मुख्य उद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागी दिएको सेवाको लागी कोका–कोलाको तर्फबाट ‘धन्यवाद’ व्यक्त गर्नु हो । यो कृतज्ञता प्रदान गर्नको लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरु सँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनि यसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रति आभार प्रकट गर्नको लागी अस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरुको भ्रमण गर्नेछ ।

हामी नेपालका अध्यक्ष सुदन गुरुङ भने, ‘घर भित्रै सुरक्षित रहेर बसि रहने बेलामा पनि हाम्रो युवाहरुको टीमले साहसी भई स्वयंसेवकको रुपमा अरुलाई सहयोग पुर्याएको छौँ । महामारीको बेलामा, हामीले कोष उठाएका थियाँैं । जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसहरुलाई प्रदान गर्यौँ ं। कोका–कोला नेपाल द्वारा हाम्रो प्रयासलाई स्वीकार गरीएकोमा, म र हामी नेपालको सम्पूर्ण टीम हाम्रो यात्रामा अझ बढि सशक्त र प्रेरित भएको महसुस गर्दछौं ।’

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थी भने, ‘अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले महामारीको विगत डेढ बर्षमा हाम्रो समुदायहरुमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरु निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागि परेका छन् । हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रो यो अन–ग्राउण्ड एक्टिभेसन उनीहरु प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स