भेपमा लुकाएर ल्याएको ९ किलो सुन प्रकरणमा कृष्णवहादुर महराका छोरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । विद्युतीय चुरोट(भेप)मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको छोरा राहुल पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिएको बताएकी छिन् । भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा उनी मुछिएका छन्।

राहुलले बुधबार अपराह्न फेसबुकमा स्टाटस राख्दै सीआईबीमा उपस्थित भएर अनुसन्धानमा सहजीकरण गर्ने उल्लेख गरेका थिए ।

सुन ल्याउने समूहको कनेक्सनमा ८ जना देखिएका छन्। जसमा महराका बाबुछोरा, दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेमार्फत भन्सारबाट सुन चोरेर बेच्ने समूहसम्म कनेक्सन पुगेको छ। दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दिपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्काको कनेक्सन देखिएको थियो।

महराको छोरा राहुल भने ाफूहरुमाथि हिलो छ्याप्ने कोसिस गरेकोले स्वयं सीआईबीमा उपस्थित हुने जनाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स