काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ११ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ६५ रूपैयाँ कायम भएको छ ।