काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।