घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स