बैंकबाट लिएको ऋण तिर्न पर्दैन भन्दै हिड्ने विवादित मेडिकल व्यवसायी प्रसाईंविरुद्ध सीईबीमा उजुरी

काठमाडौं । बैंकबाट लिएको ऋण तिर्न पर्दैन भन्दै हिड्ने विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि उजुरी परेको छ । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंलाई कारवाही गरी पाउँ भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो ।

प्रसाईँले मारवाडी व्यवसायीहरूलाई धावा बोल्दै ‘देश’ लुटेको संज्ञा लिएका छन् । उनीहरूले क्षणिक लाभका लागि व्यवसाय गरेको आरोप लगाएका छन् । उनले पछिल्लो समय देशमा आर्थिक संकट आउनुको मुख्य कारण मारवाडी समूदाय भएको आरोपसमेत लगाउँदै आएका छन् ।

प्रसाईं र उनको समूहले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् सिंगो मारवाडी समूदायको चरित्र हत्या गरेको आरोप उनीहरूले लगाएका छन् । पछिल्लो समय प्रसाईंले विभिन्न व्यवसायीको विषयमा आपत्तिजनक ढंगले अभिव्यक्ति दिइरहेका छन् भने बैंक तथा वित्तीय संस्थाको पनि ऋण नतिर्ने बताइरहेका छन् ।

नेपाल उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल कुमार अग्रवालले एक विज्ञप्ति जारी गर्दै मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको लगायतका अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति अपत्ति जनाएका छन् । अध्यक्ष अग्रवालले विदेशमा भए यस्ता व्यक्तिलाई विदेशमा भए तुरुन्तै कारबाही तुरुन्तै हुने भन्दै निजी व्यवसायीहरूको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स