काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख १० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको छ ।