काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १
लाख ११ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।