शिवम् सिमेन्ट्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समिक्षा अवधिमा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ८२ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.८३ गुणा रहेको छ।

चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स