नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका व्हिस्की बजारमा

काठमाडौं । सन् १९९४ मा स्थापित बिश्व प्रसिद्ध व्हिस्की ब्रान्ड सिग्नेचरका दुई व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन् । सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा बिगतका कैयौं वर्ष देखि बिक्री हुँदै आएका छन् र प्रयोगकर्ताका मनमा बस्न सफल भएका छन् । सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यस पल्ट भने नयाँ प्याकेजिङ , बोटलिङ र स्वादका साथ दुई व्हिस्कीलाई बजारमा भित्राएको हो ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जस मध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की , सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का , ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन् ।

केहि समय अघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको छ । यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो । हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर , ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स