काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ११ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।