काठमाडौं । वृज एडिटिभ्स एक शताब्दीभन्दा लामो गौरवमय इतिहास बोकेको केडिया व्यावसायिक समूहअन्तर्गतको एक विश्वसनीय ब्रान्ड हो। नयाँ बलिया संरचना निर्माण होस् या पुरानालाई मर्मतसम्भार गर्न होस् वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्छ।
निर्माण उद्योगमा अग्रणी नाम तथा विज्ञहरुद्वारा अत्याधिक सिफारिस गरिने वृज एडिटिभ्सले आफ्नो बहुप्रतीक्षित वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुसन्स बजारमा लिएर आएको छ। वृज एडिटिभ्सले काठमाडौं एक कार्यक्रम गरी यी उत्पादनको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको हो।
वाटर प्रुफिङका लागी कम्पनीले ल्याएको वेदर प्रो प्लस २५० र वृज सेफक्रेटेले घरलाई पानीले पुर्याउने क्षतिबाट बचाउनका साथै पिलर, बिम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत र दिगोपन प्रदान गर्दछ। उक्त उत्पादनमा आवश्यक र औचित्यताका विषयमा सम्बन्धित विज्ञ वाट स्पष्ट पारिएको थियो।
बजारमा आएका विभिन्न उत्पादनमध्य वेदर प्रो प्लस २५० लाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने वृज सेफक्रेटेलाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सीधै प्रयोग गर्न सकिन्छ।
यस अतिरिक्त एडमिक्सर सलुसन्सअन्तर्गत वृज एडिटिभ्सले ल््याएको छ सिलिकन फ्लोमिक्स पीसी ३५०, पीसी ४५० र पीसी ५५० तथा अल्ट्रासेट १०० (एक्सिलेटर)। सरोकारवालाहरुका लागि वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुसन्स ठूला परियोजनाका लागि अत्ति उत्तम हुुने र सबैको माझ लोकप्रिय हुने कम्पनीले दाबी गरेको छ।
यसका साथै कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियाले उत्पादित वस्तुले ग्राहक तथा निर्माणकर्मीको मन जित्ने आशा व्यक्त गरे।
कार्यक्रममा कलाकार जितु नेपाल ‘मुन्दे्र’ले सबैलाई मनोरञ्जन प्रदान गरी समारोहलाई रमणीय र स्मरणीय बनाउन सहयोग गरेका थिए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिँचाइ विभागका महार्निदेशक सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र सञ्चारकर्मीको उपस्थिति थियो।