काठमाडौं । सीपीभीसी पाइप भनेको उच्चतापक्रमको दवाव सहन सक्ने पाइपिंग प्रणाली हो । जसलाई पिउने पानीको लागि प्रयोग गरिन्छ । उत्पादन गर्ने प्रक्रियाको बेलामा, यसमा स्थायीकारकहरु थप गरिन्छ । जसले प्लास्टिकमा अझै क्लोरिनको मात्रालाई बढाउँछ । यसले गर्दा पाइपको संरचनामा परिवर्तन आउँदछ ।
जसको कारण सीपीभीसी पाइपलाई खिइनुबाट जोगाउँछ अनि यसलाई लामो समय सम्म टिक्न मद्दत गर्दछ । पीपीआर र सीपीभीसी बीच, सीपीभीसीलाई उच्च स्तरको मानिन्छ । दुवै पाइपहरु बलिया दवाव सहन सक्ने तथा लचीला छन् । तर सीपीभीसी पाइप यी सबै विशेषताहरुको कारणले गर्दा खेरि अझै अग्र स्थानमा रहेको छ ।
यस पाईपलाई रसायानिक र उच्च तापमान धेरै हुने ठाउँमा प्रयोग गर्न सकिन्छ । यस पाइपको रसायनिक र औद्योगिक क्षेत्रमा पनि निकै प्रयोग हुँदै आइरहेको छ ।
सीपीभीसी पाइप फलाम वा तामाका पाइपहरु भन्दा बढी लचीला हुन्छन् । जसले गर्दा यी पाइपहरुले काम गर्दा निर्माण कार्य सहज हुन जान्छ । यही लचीलोपनाले गर्दा यी पाइपहरु अझै थप टिकाउ हुन जान्छन् । यसका साथै तरल पदार्थको वितरण र पाइपको फिटिंग गर्दा खेरि पनि यसको प्रयोग गरिन्छ ।
एकातिर तामा, फलाम र सिमेन्टका पाइपहरु भारी हुन्छन् र यिनीहरुलाई बेला बखत्मा ममर्त चाहिने हुन्छ भने पीभीसी र सीपीभीसी पाइपहरु हल्का तौलका हुन्छन् र काम गर्न यसले सहजता प्रदान गर्दछ । यी पाइपहरु ओसार पोसार र जडान गर्नको लागि पनि सजिलो हुने भएकाले यो पाइपलाई बढी प्राथमिकता दिइन्छ ।
यी पाइपहरुलाई कारखानाहरु र व्यावसायिक भवनहरुमा मात्र नभएर अन्य उपयोगको लागि पनि प्रयोग गरिन्छ । सीपीभीसी पाइपको पिउने पानीमा प्रयोग हुन्छ । जसले गर्दा यसलाई घरेलु प्लम्बिंगको लागि स्थापित गरेको छ । सीपीभीसी पाइपमा किटाणु विकास हुने नभएकाले यसलाई पिउने पानीको प्रयोगको लागि उपयुक्त बनाउछ ।
लामो समय सम्म टिकाउ रहने र खिया नलाग्ने सीपीभीसी पाइप एक लोकप्रिय प्लम्बिंग सामाग्री हो । नेपालको अग्रणी पाइप उत्पादन कर्ता मंगलम इन्डस्ट्रिले मंगलम सीपीभीसी प्लसलाई नेपाली बजारमा लिएर आएको छ ।
सीपीभीसी प्लस तातो र चिसो प्लम्बिंग प्रणालीमा उपयोग हुन्छ र यसले आफ्नो श्रेणीमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यसका साथै यो एक विश्व स्तरीय प्लम्बिंग समाधान प्रदान गर्ने उच्च प्रविधिको प्रणाली हो ।
मंगलम इन्डस्ट्रि प्राइभेट लिमिटेडद्वारा निर्मित सीपीभीसी प्लस पाइप र फिटिंग एक विशेष प्लास्टिकबाट बनेको हुन्छ । यसलाई रासायनिक रुपमा क्लोरीनयुक्त पोल्भिवइनयल क्लोराइड (सीपीभीस)को नामले चिनिन्छ । यो सीपीभीसी कम्पाउन्डको नामाकरण आईएस १५७७८ वा एसटीएम डी-२८४६ अनुसार गरिएको हो ।
यसले अधिकतम ९३ सेल्सियस सम्मको तापक्रमलाई सहन सक्छ । यो उच्च स्तरिय प्रविधिले बनेको हुनाले यसलाई उत्कृष्ट मानिएको छ र बजारमा एकदमै रुचाइएको छ । यस पाइपले उच्च दवावलाई सहन सक्ने हुनाले यसलाई पाइपिंग प्रणाली हरु मध्य उच्च स्तरको प्रणाली मानिन्छ ।