आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण आवश्यक छ, यसतर्फ कलम चलोस्ः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाम्रोअर्थ डटकमले सत्य र निश्पक्ष सूचना प्राप्त गर्ने जनताको नैसर्गिक हकलाई आगामी दिनमा पनि सुनिश्चिता गर्दै जाने विश्वास लिएको बताउनु भएको छ ।

हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शूभकामना दिँदै अध्यक्ष मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण गर्न आवश्यक भएकोले हाम्रोअर्थको कलम यस तर्फ चल्ने विश्वास व्यक्त गर्नु भएको हो ।

ठूला योजना र नीति बने पनि कृषि प्रधान देशले वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न र कृषि सामग्री आयात गरिरहेकोले यसलाई न्यूनीकरण गर्न खोजमूलक समाचार सम्प्रेषण गर्दै सरोकारवा निकायलाई झक्झकाइरहने सफलता हाम्रोअर्थलाई मिलोस् भन्ने शुभकामना अध्यक्ष मल्लले दिनु भएको छ ।

अर्थतन्त्रको विस्तार, सम्पत्ति, उत्पादनका साधन माथि निजी स्वामित्व, उद्योग व्यवसाय सञ्चालनमार्फत आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु पर्ने उहाँले औल्याउनु भएको छ ।

दिगो आर्थिक विकासको लक्ष्य निर्धारण तथा अर्थतन्त्र उकास्ने पहिलो शर्त सरकारको नीति रहेको भन्दै यसतर्फ सञ्चार माध्यमले निरन्तर खबरदारी गर्नुपर्ने र हाम्रोअर्थ डटकम पनि त्यहि बाटोमा हिड्ने विश्वास अध्यक्ष मल्लले लिनु भएको छ । स्थापनाको छोटो समयमा नै हाम्रोअर्थ डटकमले गरेको उल्लेख्य प्रगतिको प्रशंसा उहाँले गर्नु भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/rajendra-malla-suvakamana.pdf” cache=”off”]

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स