उद्योग व्यवसाय फस्टाउन सक्यो भनेमात्र पत्रकारिता क्षेत्र पनि फस्टाउँछः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाम्रोअर्थ डटकमले आर्थिक समाचार प्रधान यस अनलाइनले समाचार, लेख रचना र विचारमार्फत उद्योग व्यवसाय, अर्थतन्त्रका विषयलाई जनसमुदायसम्म पुर्याउन अहम भूमिका खेलेको बताउनु भएको छ ।

हाम्रोअर्थ डटकम तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शूभकामना दिँदै अध्यक्ष ढकालले उद्योग व्यवसाय र पत्रकारिता एकअर्काका परिपूरक भएको बताउँदै उद्योग व्यवसाय फस्टाउन सक्यो भनेमात्र पत्रकारिता क्षेत्र पनि फस्टाउने विश्वास व्यक्त गर्नु भएको छ ।

मुलुकभित्र लगानी आकर्षण गर्ने, लगानीको वातावरण बनाउने र उद्यमी व्यवसायीका समस्या समाधानमा मिडिायाले पनि अग्रभागमा रहेर सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा निजी क्षेत्रको सदैव सञ्चार माध्यमबाट गरेको हुने उहाँले बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको शुभकामना
परिसूचक मिडिया प्रा. लि.को हाम्रोअर्थ डटकम अनलाइन समाचार सेवा सञ्चालनको दुई वर्ष पुरा भई तेस्रो वर्षमा प्रवेश गर्न लागेको जानकारी प्राप्त भयो । नेपाली मिडिया क्षेत्रमा यस प्रा.लि.ले अनलाइनमार्फत समाचार सम्प्रेषण गरी पुर्याएको सेवाको म प्रशंसा गर्दछु ।

परिसूचक मिडिया प्रालिलार्य बधाई दिन चाहान्छु, शुभ–कामना दिन चाहान्छु ।
विेशषगरी आर्थिक समाचार प्रधान यस अनलाइनले समाचार, लेख रचना र विचारमार्फत उद्योग व्यवसाय, अर्थतन्त्रका विषयलाई आम जनसमुदायसम्म पुर्याउने कार्यमा ठूलो सहयोग पुर्याएको छ ।

उद्योग व्यवसाय र पत्रकारिता एक अर्काका परिपूरक हुन् । उद्योग व्यवसाय फस्टाउन सक्यो भनेमात्र पत्रकारिता क्षेत्र पनि फस्टाउने हाम्रो विश्वास छ । मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने, लगानी आकर्षण गर्ने, लगानीको वातावरण बनाउने र उद्यमी व्यवसायीका समस्या समाधानमा मिडियाले पनि अग्रभागमा रहेर सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा निजी क्षेत्रले सदैव सञ्चार माध्यमबाट गरेको हुन्छ । परिसूचक मिडिया प्रा. लि.बाट प्राप्त सहयोगको सह्राना गर्दछु ।

अन्त्यमा परिसूचक मिडिया प्रा. लि. ले आगामी दिनमा पनि उत्कृष्ट सेवा दिँदै जाने विश्वासका साथ तपाईहरूको वार्षिकोत्सवको पूर्ण सफलताको लागि हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
मिति २०८० साउन ११ गते, बिहीबार ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स