बढेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य भने १०० रुपैयाँले घट्यो

काठमाडौं । भारतबाट तेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेल महँगिएर आएको हो । पेट्रोल डिजेलको मूल्य बढेर आएपनि ग्यासको मूल्य भने घटेर आएको छ ।

नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले बढेर आएको छ । डिजेलको ६ रुपैयाँ ६१ पैसाले बढेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १०० रुपैयाँले घटेर आएको छ ।

भारतबाट आएको सूचीअनुसार नै पेट्रोल र डिजेलको मूल्य अब नेपालमा पनि स्वचालित प्रणालीबाट समायोजन हुनेछ । यसका आधारमा पेट्रोल र डिजेलको भाउ बढ्ने छ भने ग्यासको मूल्य घट्ने छ ।

अन्तर्राष्ट्रिय बजार भाउको आधारमा इन्डियन आयल कर्पोरेसनले १५ दिनको बजारको औसत मूल्य पठाएको हो । अब १५ दिन निगमले यही भाउमा तेल किन्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स