बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख १३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स